नेपालको मंगोलको पुरानो चिनारी

Read Time:35 Minute, 29 Second

आज भन्दा झण्डै २८०० बर्ष अगाडिको नेपालको मंगोलको इतिहासको कुरा होनेपाल भन्ने हाम्रो देश (काठमाण्डौं) मा महादेव/पार्वती भन्ने महाशक्तिशाली (प्राकृतिक शक्ति), ज्ञानी, धर्मातत्मा र उद्धार हृदय भएको राजारानि थिए । जसलाई हामी पारुहाङ र सुम्नीमा भनेर चिन्छौं । जो मंगोल समुदायको पुर्खाका सन्तान हुन । मंगोल/मोङ/माङ/माङगर/मगर/तमाङ/तमु/राई/लिम्बू तथा अन्य विभिन्न नामले चिनिने हामीहरुलाई आदीवासी जनजाती, मुलवासी जे भने पनि एउटै अर्थ हो, हुन्छ । त्यही महादेव राजाले आज हामीले मान्दै आएका किराँत/बोन/प्रकृति धर्म/ युमासाम धर्म/सामानिजम धर्मको राज्यमा सुरुवात गराएछ । जस्तै उदाहरणको लागी हामीले खाना खानु अधि तीन पटक सानोटुक्रा चडाउनु र कुनै किसीमको पेयपदार्थ पिउनु अघी, पेय पदार्थ तीन पटक छ्योत गर्नु । यसको अर्थ भनेको पहिलो पुस्तालाई/दोस्रो पुस्ता (अहिलेको पुस्ता) लाई र आउने पुस्तालाई सधै सम्झीनु । त्यस्तै अर्को भनेको फलाम वा अन्य धातुको त्रिसुल भन्ने Symbol बनाएर बोक्नु र आफ्नो पुर्खाहरुको चिहानमा राख्नु । यसको अर्थ भनेको हाम्रो पहिलाको पुर्खा, अहिलेको पुर्खा र आउने पुर्खाहर सधैनै आगोको ज्वाला बलेको झै बलिरहनु/ चम्कि रहनु हो । महादेवको अर्थ ‘म’ भनेको मंगोल, ‘हा’ भनेको हाङ हो, देव भनेको देउता, देउ, देबा भनेर हाम्रो मंगोल समुदायका मातृभाषाहरुमा प्रयोग भएको हुन्छ । महादेव राजाको दरवार अहिलेको काठमाण्डौंमा रहेको पशुपतिनाथको मन्दिर हो र चिहान पनि हो । महादेवलाई त्यही पशुपति मन्दिरको वरीपरीनै उहाँको मृत्यु पश्चात गाडिएको छ । किन कि हाम्रो गाउँघरमा आज–भोली पनि धामी झाक्रिको मृत्यु पश्चात नजिकैको जंगल वा स्थानमा लगेर गाडिन्छ, दाहसंस्कार गर्ने चलन छ । पशुपतिमा भएको कलि (अंशुबर्मा) को मुर्ती तमाङ्ग बल राजाको मुर्ती हो । जो हामीले अंशु बर्मा भनेर चिनेका छौं, चिनाएका छन् । अंशु बर्माको नाम हाङसा बल हो ।

अंशु बर्मा (हाङसा बल) नेपालको २१औं किराती/मंगोल राजा हो, तेस्रो पटक नेपालको मंगोलहरुको बंशज र कुल छुटिने क्रममा राजा अंशु बर्माले त्यसबेलाका तिब्बतका ३३औं राजा सोङचाङ गोम्पोलाई पनि निमन्त्रणा गरेका थिए, यसै क्रममा राजा सोङचाङ गोम्पो नेपाल आइपुगेका हुन ।

अंशु बर्माको छोरी भृकुटीको बिबाह तिब्बतको ३३ औं राजा सोङचाङ गोम्पो संग छैठौ सताब्दीको मध्य तिर 632 AD मा भएको हो । तिब्बतमा भृकुटीलाई बल/बलस्या भनेर पनि सम्बोधन गरिन्छ र यसरी नै लेखिएको पनि इतिहासमा पाइन्छ । बल, तमाङको १६० थर मध्येको एउटा हो । बलस्या भनेको पनि तमाङ्गको बल थरको छोरी भनेर बुझीन्छ । यस मानेमा अंशु बर्मा/हाङसा बल तमाङ्ग हो भनेर प्रस्ट बुझिन्छ । इन्द्रचोकमा भएको आकाश भैरवको मुर्ती भनेको नेपालको इतिहासमा लेखिए अनुसार नेपालको पहिलो मंगोल किराँती राजा यलम्बरको मुर्ति हो तर नेपालको पहिलो राजा बङसासुर हुन् र बङसासुर राजालाई अहिलेको भारतबाट आएका गोपाल बंशका सेना भुक्तमानले जालझेल गरेर हत्या गरेर शासन हातमा लिए पछि भुक्तमानको बंशले ८औं बंश सम्म राज्य चलाए । भुक्तमानको ८औं बंशज भुवनसिंहलाई बङसासुर राजाका बंशज राजा यलम्बरले भुवनसिंहलाई लडाईमा बिजय गर्यो र उत्पत्याकास्थित थानकोटलाई राजधानि बनायो, राजा यलम्बरले ९० बर्षको उमेर सम्म शासन गरे, पछि उहाँका जेठा छोरा पालाम्बा लाई सत्ता सुम्पिए । पलाम्बाले ८१ बर्ष सम्म शासन गरे । यसरी राजा यलम्बर/यलम्बा/यम्बा/यम्बु/लाई इतिहास बिद्धहरुले नेपालको पहिलो मंगोल/किराँती राजा भनेर किटान गरेका हुन । राजा पेलाम्बाले राजधानि थानकोट नजिकै राजा बङसासुरको सम्झनामा सुप्रभा भन्ने नयाँ बस्ति स्थापना गर्यो र उहाँले आफ्नो नाम पनि किरातीसुर घोषणा गर्यो । यसरी नै किराती भन्ने शब्दको सुरुवात भयो । किरातीको अर्थ भनेको बंश हो ।

आकाशभैरवको पुजा अगष्ट/सेप्टेम्बर महिनामा इन्द्रजात्राको दिनमा गरीन्छ र इन्द्रजात्रा आठ दिन सम्म मनाइन्छ । त्यही दिन मात्र सर्वसाधारण नागरीकको लागी खुल्ला गरीन्छ अन्य दिनमा माक्स लगाएर राखिएको हुन्छ । काठमाण्डौं चावेलमा रहेको सानो बौद्ध स्तुपा/चारुमती चैत्य भनेको २३ सय बर्ष अघि चारुमति भन्ने रानिको मृत्यु पश्चात रानिको अस्तु राखेर सम्झना स्वरुप बनाएको स्तुपा/चैत्य हुन । चारुमति, अशोक सम्राटको छोरी हुन । चारुमति २२८१ बर्ष अघि अशोक सम्राट संगै नेपाल घुम्न आएका थिए । त्यही समयमा चारुमतीको विवाह नेपालको राजकुमार देउपाल संग भयो ।

अशोक सम्राट, मंगोल इतिहास अनुसार १४औं राजा स्तुङगोको निमन्त्रणामा आएका हुन किन कि मंगोल/मोङ/माङ/राजाहरुको हरेक सात पुस्तामा बंश वा कुल छुटिन्ने प्रचलन थियो । त्यहीबेलामा पुर्व, पश्चिम, उत्तर, दक्षिणमा भएका सम्पूर्ण राजाहरुलाई निमन्त्रणा दिने प्रचलन थियो । यसरी दोस्रो पटक नेपालको मंगोलहरुको वंश वा कुल छुटीयो, पहिलो वंश वा कुल छुटेको चाहिं सातौं राजा जिते दस्तीको पालामा भएको थियो । त्यही समयमा बुद्धलाई केन्द्रिय राज्यमा निमन्त्रणा दिइएको थियो, र त्यही समयमा केन्द्रिय राज्यमा बुद्धिजमको थालनी भएको हो ।

काठमाण्डौंमा भएको स्वयम्भु २५ सय बर्ष अघि बनेको हो । स्वयमभु तमाङ्ग राजाको दरवार र चिहान पनि हो आज भोली पनि स्वयमभुमा काठमाण्डौंमा मृत्यु भएका तमाङ्गहरुको मृत्यु पश्चात स्वयमभुमा लगेर जलाईन्छ वा दाहसस्कार गरीन्छ । तमाङ्गहरुले स्वयम्भुलाई आबा (बु्बा) को रुपमा पूज्ने गरीन्छ भने बौद्धलाई आमाको रुपमा पुज्ने गरिन्छ । बौद्ध तमाङ्ग रानिको चिहान हो र दरवार पनि हो । तमाङ्गहरुको संस्कारमा कुनै पनि गन्ने मान्ने ठूला ब्याक्तिको मृत्युपश्चात उहाँहरुको सम्झनामा माने, चौतारा, स्तुपा/चैत्य बनाइन्छ । स्तुपाको माथीको भाग छ्योरतेनमा चारै दिशा तर्फ आँखाको आकृती चित्रण गरीने प्रचलन छ । आँखाको अर्थ भनेको मेरो मंगोलको सन्तानहरु पुर्व, पश्चिम, उत्तर, दक्षिण जहाँ बसोवास गरे पनि सबैलाई मेरो माया बराबर हुन्छ भनेको अर्थ हो ।

छ्योरतेनको अँखाको मुनी नेपाली अक्षरमा १ लेखिएको हुन्छ त्यसको अर्थ भनेको जहाँ बसे पनि मेरो मंगोलको सन्तानहरु एक भएर बस्नु हो । तमाङ्गहरुको सस्कृतीमा ताम्बा, गान्बा, लामा र भोन्बोको छुट्टा छुट्टै भूमिका र अस्तित्व हुन्छ । यी चारैवटा अभिन्न सस्कृतीक अंगहरुले आफ्नो मंगोल सन्तानहरुको हितको लागि सधै नै आवस्यक अवस्थामा एक भएर निर्णाय गर्नु भनेको पनि हो । हाम्रो गाउँघरमा हाम्रो पुर्खाहरुको भनाई पनि छ, हामी मंगोलका सन्तानहरु एकलै बाच्न सकिदैन त्यसैले मेरो मंगोल सन्तानहरु सधै एक भएर बस्नु/जिउनु भनेर भनेको भनाई सुनिन्छ ।

नेपालको मंगोल समुदायहरुको पुरानो इतिहासहरु सबै नै नेपालको सामानिजमको मुन्धुम धर्मग्रन्थहरु जस्तै थुङसाप मुन्धुम, पेसाप मुन्धुम, सोक–सोक मुन्धुम, एहाङ्ग मुन्धुम, साप्जी मुन्धुम, साप मुन्धुमहरुमा किरात लिपीमा लेखिएका छन्, र नेपालको बुद्धिजमको धर्मग्रन्थहरु जस्तै दोमाङ, दोङगराप, फाराप, कङग्युर, तम्बा काइतेन  तथा अन्य साम्भोटा लिपीमा लेखिएका ग्रन्थ (किताब) हरुमा छन् । यी ग्रन्थ (किताब) हरुमा भएको भाषा ९० प्रतिशत भन्दा माथी नेपालको हामी मंगोलहरुको मातृभाषमा बोलीने शब्दहरुमा लेखिएका छन् जो सातौं र आठौं सताब्दीमा लेखिएका हुन भनेर अग्रज लामागुरुहरुले भन्नुहुन्छ । सामभोटा लिपी नेपालको सबै भन्दा पुरानो लिपी हो भनेर नेपाल सरकारले प्रमाणीत गरिसकेको छ। यो सामभोटा लिपी तमाङ्गहरुको लिपी हो यो सम्पूर्ण तमाङ्गहरुले बुझ्नु पर्छ । सामभोटा लिपी भनेको संसार भरीको बुद्धिजमका ग्रन्थ (किताब) हरुको मास्टर लिपी हो जती पनि तिब्बतमा लेखिएका बुद्धिजमका ग्रन्थहरु बाह्रौं सताब्दिको सुरुवातमा मात्र लेखिएका हुन र पछि तिब्बतबाट चाईना, मंगोलीया, भुटान तथा अन्य देशहरुमा पनि फैलिएका हुन् ।

 

‘तमाङ्ग’ को अर्थ ‘त’ भनेको महान हो, पुरानो मंगोल/मंङको भाषामा र ‘माङ्ग’को अर्थ महान, बृहत, समुदाय/प्राकृतिक शक्ति भएको/प्राकृतिक देव भगवान आदी हुन् । राई/लिम्बू/मगर र अन्य केही मंगोल समुदायको मतृभाषमा माङ्गको अर्थ देउता/भगवान/देव भनेर भनिन्छ । चिनियाँ भाषा र बर्मेली भाषामा माङ्गको अर्थ मंगोल भनेर परिभाषीत गरिएको छ । यस मानेमा तमाङ्गको अर्थ महान भगवान/महान मंगोल/महान प्राकृतिक देव भनेर बुझिन्छ, बुझनु पर्छ ।

‘तमु’ भनेको ‘त’ को अर्थ महान हो र ‘मु’ को अर्थ मंगोलको मातृभाषामा आकाशलाई बुझाउछ । प्राकृतिक धर्म मान्ने मंगोल समुदायहरुले आकाश, हिमाल, पहाड, नदी, रुख, पशु, पछिं र आफ्नो पुर्खाहरुलाई भगवान/देव/देवी/देउताको रुपमा पुजा गरिन्छ । यस मानेमा तमु भनेको महान आकाश मान्ने महान मंगोल हो भनेर बुझिन्छ र बुझ्नु पर्छ ।

‘मगर’ को अर्थ भनेको मङ्ग्/माङ्ग/मङगरबाट सभ्यताको बिकाशको क्रममा मगर भनेर भनियो, चिनियो, चिनाइयो  । मङग/माङग भनेको नेपालको मंगोल समुदायको मातृभाषमा/देवी/देउता हुन, मगरहरुको इतिहासमा मङगर भनेर सम्बोधन गरेको धेरै पुरानो इतिहासहरु पाईन्छ । यस मानेमा मगर भनेको देवी, देउता हो, भनेर बुझिन्छ, बुझ्नु पर्छ ।

लामा’ को अर्थ भनेको ‘ला’ भनेको देउता, ‘मा’ भनेको माङग हो ।

‘शेर्पा’ को अर्थ भनेको मंगोलहरुको मातृभाषामा ‘स्यार’ भनेको पूर्व हो, र ‘पा’ भनेको मानिस हो १५औं सताब्दिको मध्ये तिर नेपालको पूर्वदिशा तर्फ बसोबास गर्ने मंगोल समुदायलाई स्यारपा भनिन्थ्यो पछि शेर्पा भनियो ।

‘लिम्बू’ को अर्थ ‘लि’ भनेको मंगोलको मातृभाषामा धनु हो, ‘म’ को अर्थ मंगोल हो र ‘बू’ को अर्थ राज्य हो भनेर मंगोलको मातृभाषमा बुझिन्छ ।

राई/लिम्बू/किराँती र अन्य समुदायको मातृभाषामा यो शब्दको व्यापक प्रयोग भएको पाइन्छ । यस मानेमा लिम्बूको अर्थ भनेको धनु चलाउने मंगोल राजाहरु हो भनेर बुझिन्छ, यसरी बुझनु पर्छ ।

‘राई’ को अर्थ भनेको पृथ्वीनारायण शाहको शासन काल भन्दा केही समय अगाडिको समयमा पूर्व दिशामा राज्य चलाउने मंगोल/किराँत राजाहरुलाई राई भनेर सम्बोधन गरेको इतिहासम लेखिएको पाइन्छ । त्यस समय भन्दा पहिले पूर्व दिशा र पश्चिम दिशामा राज्य चलाउने मंगोल/किरात राजाहरुलाई हाङ अथवा खान भनेर लेखिएको पनि पुरानो इतिहासमा पाइन्छ, जस्तै बलिहाङ राजा, पारुहाङ, राजा बुद्धि कर्ण राई, विजय नारायण राई आदी ।

राजा बुद्धि कर्ण राई (1769–1773AD) समयमा मोरङका राज थिए । राजा विजय नारायण राई (1584–1709AD) समयमा विजयपुरका राजा थिए ।

खान भनेको बाह्रौं सताब्ती 12-19AD तिर मंगोल राजाहरुलाई मध्ये एसीयामा खान भनिन्थ्यो । मंगोल भनेको बाह्रौं सताब्दिमा मंगोलीयाका खान सम्राटहरुले साम्राज्य विस्तार गर्ने क्रममा माङग्ग/माङ्ग/मोङ्ग लाई परिर्माजीत गरेर मंगोल भन्ने शब्द प्रचलनमा ल्यायो र हामीहरु सबैलाई मंगोल भनेर चिनाए/चिनिए । यस मानेमा हामी मंगोलीया भन्ने देशको नागरीक मंगोलीयन होइनौं भनेर बुझ्नु पर्छ, बुझाउनु पर्छ । एसिया/आसियामा भएको सबै नै हामीहरु एसियनहरु/आसियनहरु मंगोल हौं तर हामी नेपालको मंगोलहरु भनेको एसिया/आसियाकै मंगोलहरुको धर्म, संस्कार र संस्कृतिको पनि पुर्खा हौं । यो हामीले बुझ्नु पर्छ, बुझाउनु पर्छ । जब भारतका हिन्दू राजपुतहरु अहिको भारतको मंगोल/मुगोल सम्राट अकबरको आक्रमणबाट बच्न, बचेर नेपालमा पश्चिम तिर बाट नेपालको मगर खान राज्यमा आइपुग्यो । त्यसबेला भिरकोटमा मगर खान राजाका जेठा छोरा खानझा खान राजा थियो । खानझा खानलाई राजपुतहरुले झालझेल गरेर राज्य आफ्नो कब्जामा पार्नको लागि जालझेल गरेर धर्म परिवर्तन गरी हिन्दू बनाउने प्रयास असफल भए पछि त्यही राजपुत हिन्दूहरु माइलो राजा मेझा खानलाई हिन्दू बनाउन सफल भयो । हिन्दू भए वापत मेझा खानलाई खानझा खान जस्तै राजा बनाईने भनेर फकाइयो, मगर माइलो राजा मेझा खान मगर हिन्दू भयो र उसैको सहयोग लिएर पाल्पाको सेन मगर राजालाई पनि हिन्दू बनाए पछि नेपालमा राजपुतहरुको षड्यन्त्रको कालो दिनहरु सुरु भयो । भिरकोट र पाल्पामा भएको मगर समुदायलाई आफ्नो पुर्खा देखि मान्दै आएको मंगोल धर्म/सामानिजम धर्म/ धामी झार्की धर्म र बौद्ध धर्म परिर्वतन गरी हिन्दू धर्म ग्रहण गरे वापत उक्त समुदायको कुनै पनि व्याक्ति जन्मदा, मर्दा र बिबाह गर्दा तथा अन्य कुनै पनि कार्यक्रमहरु गर्नु परे सो खर्च सरकारले सम्पूर्ण लागत खर्च ब्यह्रोर्नु र व्यह्रोर्ने छ भनेर सरकारी अदलत आदेश जारी गर्यो । यसरी केही मगरहरुमा हिन्दू धर्म परिवर्त गर्ने कार्य सुरु भयो ।

यसरी मेझाखानलाई राजपुतहरुले फकाएर नुवाकोटको १२ मगरातको राजा बनाए । त्यस पछि क्रमस: जय खान, मिच्चा खान, बिचित्र खान, जगदेव खान र कुल मण्डन खान नुवाकोटको राजा भएछ । पछि कुलमण्डन खान शाहामा परिणत भयो, किन कि भारतलाई मंगोलीयाबाट साम्राज्य बिस्तार गर्ने क्रममा आएका त्यस समयका मुगोल/मंगोल सम्रराट अकबरले अहिलेको भारत कब्जामा लिईसकेको थियो । तर केही समय पछि दिल्लिको रज्यमा चाहिं मुस्लिम धर्म मान्ने शाहा जाहान शासकले कब्जा गरेका थिए । त्यही शाहा जाहानले कुलमण्डन खानलाई दिएको उपाधी शाहा हो । यसरी राजपुतहरुहरु अप्रक्षरुपमा मुस्लिम शाहा भयो र काठमाण्डौंमा भएको दुईवटा धरहराहरु शाहा शासकहरुले निर्माण गरेका हुन् जो मुस्लिम धर्मको प्रार्थाना गर्दा प्रयोग हुने मुस्लिम धर्मको प्रतिक -प्रार्थाना भवान_ हो । त्यसै कारणले गर्दा ज्यान बचाउनको लागि राजपुत हिन्दू -ककसियस_ हरु नेपालको मगर राज्यमा खान भन्दै शरण मागे र त्यहाँका उद्धार, महान मगर खान राजाहरुले शरण दिए । त्यही राजपुत -ककसियस_ हरुको भारी बोकेर संगै आएका हुन अहिलेका बाहुन तागाधारीहरु र नेवारका केही तागाधारी ककसियस पुरेतहरु । कुलमण्डन शाहका जेठा छोरा द्रव्य शाहा, द्रव्य शाहाका जेठा छोरा राम शाहा, राम शाहाका छोरा नरभूपाल शाहाको दोस्रो रानी लम्जुङ राज्यको मगर राजाको छोरीसंगको बिबाहबाट जन्मिएका छोरा हुन् पृथ्विनारायण शाहा -पि.एन. शाहा_ । पि।एन। शाहा मगर समुदायका र हामी मंगोल समुदायका साइनोमा भान्जा पर्छ ।

नरभुपालले मगर राज्य आफ्नो हातमा लिनको लागि कुटिल चाल षणयन्त्र गर्ने मनासायले गर्दा मगर राजकुमारी संग बिबाह गरेका थिए । नरभूपालको पहिलो रानी गोरखाको ग्ले/गोले/घले राजकुमारी हुन र दोस्रो बिबाह पछि उनले आफ्नो छोरा पि.एन. शाहालाई १० बर्षको उमेरहुदा बिक्रम संम्बत १७३२ मा भक्तपुरका राजा रणजित मल्लसंग विन्तिपत्र चडाएर पि.एन. शाहालाई भक्तपुरमा ५ बर्षको लागि बसेर अध्यन गराउन सफल भए । पि.एन.लाई भक्तपुरमा पठाउनको मुख्य कारण मल्ल राजाहरुको आन्तरीक अवस्था बुझनको लागि हो, भनेर धेरै इतिहास विद्धहरुले पुष्टि गरेको छ । त्यसैले इष्टि ईण्डियाको अग्रेजहरु संग मिलोमतोमा काठमाण्डौ, भक्तपुर र पाटन लडाईमा जिते, त्यसरी लडाई जित्नुको मुख्य कारण अग्रेजहरुले पि.एन शाहालाई २१ जना लडाइ र नीतिमा अनुभवी अंग्रेज सल्लाहकारहरु पठाएका थिए, १७६६ जना लडाईका धेरै अनुभवी अंग्रेज सेनाहरुको साथमा त्यस समयका विभिन्न अत्याधुनिक हात हतियार सहित आठयसवटा शक्तिशाली तोप (Muskets) हरु पनि पठाएका थिए । त्यस लडाईमा जति पनि नागरीकहरु पि.एन.र अंग्रेजहरुले मारे, बाँचेकाहरुको पनि नाक र ओठ काटि दिए त्यस समयमा दुई तिहाई नागरीकहरुको हत्या भएको थियो ।

त्यसैले जति पनि अंग्रेजहरुले नेपालको बारेमा इतिहास लेखेका छन् यिनै २१ जना अंग्रेज सल्लाहकारहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगबाट लेखिएका हुनाले हामीलाई जहिल्यै पनि हामी नेपालको मंगोल सन्तानहरुलाई बदमास इतिहासकारहरुले डाँडा पारीबाट आएको/डाँडा वारीबाट आएका भन्छन् । जस्तै कहिले चिनबाट आएको, कहिले मंगोलीयाबाट आएको, कहिले तिब्बतबाट आएको, कहिले भारतबाट आएको, कहिले भुटानबाट आएको भनेर भनेका छन् जब कि हामीले हाम्रो पुरानो मंगोलको इतिहासलाई अध्यन तथा अनुसन्धान गर्दा थाहा पाउछौं कि सामानिजम धर्म/युमासम धर्म/बोन धर्म/किरात धर्म/मंगोल धर्म आज भन्दा झण्डै २८०० बर्ष अगाडि महादेव र महादेवको प्राकृतिक मृत्यु पछि रानी सुम्निमाले हाम्रो पुरानो धर्म ति देशहरुमा फैलाएको हामीले इतिहासमा पाउछौं । र बुद्ध धर्म छैठौं सताब्दिको मध्ये तिर नेपालको राजा अंशुबर्माको छोरी राजकुमारी भृकुटीको बिबाह तिब्बतको ३३औं राजा सोङचाङ गोम्पो संग भए पछि भृकुटी र सोङचाङ गोम्पोको दोस्रो रानी चिनको राजकुमारी वेन चेङ द्धारा तिब्बतमा र चिनमा बौद्ध धर्म प्रचार–प्रसार गरे यसरी तिब्बतमा बौद्ध धर्मको सुरुवात भयो । तिब्बतमा बुद्धिजम धर्म सुरुवात हुनको मुख्य श्रेय नेपालका तमाङ्ग धर्म गुरु श्री गुरु रिन्पोछे/पद्यमसंभ हुन् । गुरु रिन्पोछे/पद्यमसंभ नेपालको तमाङ्ग राजाको छोरा पनि हुन र धर्म गुरु पनि हुन् । यस मानेमा हामीले बुझनु पर्छ हाम्रा पुर्खाहरुले हाम्रो धर्म संस्कृति अन्य देशहरुमा जस्तै भुटान र मंगोलीयामा पनि फैलाएछ हामी उताबाट आएका होइनौं हामी डाँडावारी बाट आयौं डाँडापारीबाट आयौं भन्ने चाहिं हाम्रो भलो नचिताउने तागाधारी बाहुन र तागाधारी नेवारका पुरेतहरुले हिन्दू राजपुतहरुबाट सिकेको चलाखिपूर्ण राजनीतिक षणयन्त्र हो । यस्ता बदमासपूर्ण षणयन्त्रहरु हाम्रा राजनीतिक वा सामाजीक अग्रजहरुले बुझनुपर्छ ।

muluki_yen

 

तर हाम्रो आफ्नै मंगोल अग्रजहरुले पनि तिनै तागाधारी बदमासहरुले हाम्रो बारेमा लेखिएका इतिहास पढेका छन्, जो तीनसय बर्ष अधिको हारहारीमा लेखिएको दस्तावेजहरुलाई हाम्रो इतिहास भनिरहेका छन्, कम्जोरी हाम्रै हो । हामी मंगोलका सन्तानहरुले हाम्रो आफ्नो इतिहास के हो बुझनु पर्छ, गहिरिएर अध्यन गर्नु पर्छ, भलो नचिताउनेहरुले लेखेको हाम्रो इतिहास हामीले सच्याउनु पर्छ, बुझ्नु पर्छ, बुझाउनु पर्छ, हामी त यही माटोको भुमिपुत्र, भुमिपुत्रि सन्तानहरु हौं । यो कुरा हामीले भित्री मन देखि बुझनु पर्छ ।

हामीले हाम्रो इतिहास प्रस्ट नबुझेको कारणले तमाङ्गले तमाङ्ग नभन्ने, तमुले तमु नभन्ने, मगरले मगर नभन्ने, लिम्बूले लिम्बू नभन्ने, राईले पनि राई नभन्ने । यी हाम्रो समुदायका अग्रजहरुले जहिल्यै पनि स्वाँगे भाईको थर बोकेर स्वाँगे भाईको इतिहासहरु मात्र खोज्ने काम गरे। हाम्रो आफ्नो खोज्नु पर्ने मुख्य समुदयको इतिहास खोज्ने जमर्को गरेन । यसै कारणले गर्दा भलो नचिताउनेहरुको लागि सधै नै हामीहरु सधै नै बाहुन, क्षेत्री र तागाधारी हिन्दू पुरेत नेवारहरुको राजनीतिक बिचारको हतियार बन्यो र बनाए । हाम्रो राजनीतिक र सामाजीक अग्रजहरुको कमजोरी पनि उनीहरुले राम्रारी थाहा पाए हाम्रो समाजमा यही नै भइरहेको छ ।

यसरी खोज र अनुसन्धान गर्यो भने हामीलई थाहा हुन्छ नेपालको लिखित इतिहास अनुसार आकाश भैरब भनेको नेपालको पहिलो मंगोल/किराँती/आदीवासी जनजाती/मुलबासीहरुको राजा यलम्बरको मुर्ति हो भनेर थाहा पाउछौं र हामीले हाम्रो समाजलाई राम्रो प्रस्ट बुझाउन सक्नु पर्छ हामीले आकाश भैरवको मुर्तिलाई फेरी हामी सम्पुर्ण मंगोलको सन्तानहरुले बर्षमा एक पटक होइन कम्तिमा पनि बर्षमा १२ पटक पुज्नु पर्छ/सम्झिनु पर्छ । अर्को भनेको कलिको मुर्ति जो पशुपतिमा अवस्थित छ त्यो भनेको तमाङ राजा हाङसा बल तमाङ अथवा अंशु बर्माको मुर्ति हो । अंशु बर्माको मुर्ति (कली) लाई पनि अब हामी सम्पूर्ण मंगोलको सन्तानहरुले बर्षमा १२ पटक पुज्नु पर्छ/सम्झिनु पर्छ यो पनि हामी मंगोल सन्तानहरुको पुर्खाको पहिचान हो । अर्को भनेको पशुपति भनेको महादेव राजा/पारुहाङ को दरबार हो र चिहान पनि हो । पशुपतिलाई हामी सम्पूर्ण मंगोलको सन्तानहरुले अझ धेरै मंगोलको धर्म विधी अनुसार हाम्रा धर्म गुरुहरुको इच्छा अनुसार पुज्नको निम्ति र हाम्रा पुर्खाहरुलाई संसारलाई चिनाउनको निम्ति सरकार संग वार्ता गरेर सम्पूर्ण धर्म मान्ने जो कोहीलाई पनि सजिलो संग पुजा भेट गर्न पाउनु पर्छ भनेर सरकारलाई बुझाउनु सक्नुपर्छ । आवश्यक भए हाम्रा राजनीतिक अग्रजहरुले मन, मस्तिष्क र मुखबाट आवाज उठाउनु पर्छ ।

नेपालमा जती पनि देवी, देउताका मुर्तिहरु छन् ती सबै हाम्रो पुरानो मंगोलको पुर्खाहरुको मुर्ति हुन्, र जति पनि मन्दिरहरु छन् ती सबै हाम्रा पुर्खाहरुको चिहान र दरबार हुन् । यो हामीले बुझ्नु पर्छ, बुझाउनु सक्नु पर्छ । भगवान बुद्ध २६३९ बर्ष अघि मंगोल/मोङ/माङ/थारु/मगर/तमाङ्ग/राई/लिम्बू कुलमा जन्मिएका हुन् । बुद्धको बिबाह उनको मामाको छोरी यसोधारा सँग भएको थियो । उक्त संस्कार आझै पनि मंगोल समुदायहरुमा विद्यमान छ । स्वम्भू र बौद्ध स्तुपा/चैत्य संसारकै सबै भन्दा ठूलो र पुरानो स्तुपा/चैत्य हो । यी स्तुपाहरु पनि मंगोल/माङ/मोङ/तमाङ/तमु/मगर/थारु /राई/लिम्बू/आदीवासी/जनजाती/मुलबासीका पुर्खाहरुले नै बनाएका हुन । स्वयम्भूको अर्थ मंगोल समुदायको मातृभाषामा आकाश हुन आकाश मानने धर्म भनेका मंगोलको धर्म हो । यसकारणले गर्दा हामी मंगोलका राजनीतिक अग्रजहरुले नेपाल र नेपालको मंगोलको विकासको राजनीति गर्दा विकाशको राजनीति गर्नु पर्छ, विचारको राजनीति गर्नु हुदैन । राजनीति भनेको यो संसारमा मानिसको अस्तित्व रहुन्जेल सम्म राजनीति रहीरहन्छ । त्यसै कारणले विचारको राजनीति भनेको त विदेशीले विदेशमा गएर राजनीति सत्ता आफ्नो हातमा पार्न र त्यो देशका नागरीकहरुलाई सकेसम्म आफ्नो स्वार्थ अनुकुल उपयोग गर्ने सिद्धान्तलाई विचारको राजनीतिक भनिन्छ । जस्तो नेपालमा नेपालको भलो नचाहाने राजपुत/बाहुन/क्षत्रि/नेवारका केही हिन्दू तागाधारी पुरेतहरुले गर्ने राजनीतिलाई बिचारको राजनीति भनिन्छ । यि समुदायहरुले कहिल्यै पनि बिकासको राजनीति गर्नसक्दैन, यिनीहरुले जान्दैन किन कि यो देश नेपाल उनीहरुको आफ्नो प्यारो माटो होइन, यसैकारणले गर्दा भारत सँग जोडिएको सिमानाहरु खुल्ला छोडिएका हुन् । हाम्रा अग्रजहरुले मन, मस्तिष्क र मुखबाट नेपालको बिकासको राजनीति गर्नु पर्छ, राजनीति विज्ञान (Science) होइन, राजनीति भनेको कला (Art) हो । त्यसैले हाम्रो आफ्नो समाज र देश बनाउनको निम्ति बिदेशीले लेखेको विदेशी बिचारको राजनीतिक किताब पढेर गर्ने राजनीतिले त विदेशिलाई पो फाइदा हुन्छ त्यसैले हाम्रा राजनीतिक अग्रजहरु जो राजनीतिमा हुनुहुन्छ उहाँहरु विकाशको राजनीति गर्नु पर्छ र सबैले सधै नै आफ्नो नामको पछाडि, तमाङ्ग, तमु, गुरुङ, मगर, राई, लिम्बू, थारु मात्र लेख्नु पर्छ जनाउनु पर्छ अनि मात्र हाम्रा तमाङ्ग राजनीति गर्ने तमाङ्ग अग्रजहरुलाई तमाङ्गहरुले साथ दिन्छ तमु/गुरुङलाई तमु गुरुङ्गहरुले साथ दिन्छ, मगरलई मगरहरुले साथ दिन्छ, राईलाई राहरुले साथ दिन्छ, लिम्बूलाई लिम्बूहरुले साथ दिन्छ त्यसतै थारुलाई थारुहरुले साथ दिन्छ तर अहिले हाम्रो समाजमा दुःख पाएका तमाङ्गहरुले मात्र तमाङ्ग भन्ने धनी भए पछि लामा भन्ने, मोक्तान, योञ्जन, घिसिङ्ग, दोङ्ग . . . अन्य १६० किसिमको स्वाँगे भाईहरुको थर झुण्डाएर हिडेका देख्छौं । यसरी हिडेमा वा कोसिष गरेमा उनीहरुको क्रियाकलापले त तमाङ्गहरुको समाजको होइन, सिंगो मंगोल सन्तानहरुको भलो नचिताउनेहरुको शुभचिन्तक/प्यारो भइन्छ, यस मानेमा तमाङ्गहरु १६० कितामा विभाजन हुन्छ यसरी विभाजन हुदा तमाङ्गहरु सधै एक आपसमा स्वाँगे भाईको लडाई लडेर बस्नु पर्ने अवस्था समाजमा सृजना भएको छ । यो नै भईरहेको छ अहिले यसै कारणले गर्दा तमाङ अग्रजहरुले साँच्ची नै मन, मस्तिष्क र मुखबाट तमाङ्गहरुको भलो उन्नती चाहान्छ भने तमाङ्ग राजनीतिक अग्रजहरुले आफ्नो नामको पछाडि गर्वको साथ तमाङ्ग लेख्नु पर्छ यसरी तमाङ्गहरु एकठाउँमा आए जस्तै तमु/गुरुङ्ग/मगर/थारु/राई/लिम्बू राजनीतिक अग्रजहरुले पनि आफ्नो समुदायको भलो र उन्नतीको लागि आफ्नो समुदायको मुल थर नामको पछाडी गर्वका साथ लेख्नु पर्छ, जनाउनु पर्छ ।

सेतामगुराली डट कम बाट 

http://setamagurali.com/

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %