‘मेलोडी अवार्ड’ घोषणा

Read Time:1 Minute, 53 Second

मनोज घर्तीमगर

पोखराको चिप्लेढुंगास्थित मेलोडी क्याफे एण्ड लाउन्ज बारले पहिलो वार्षिकोत्सवको अवसर पारेर ‘मेलोडी अवार्ड’को घोषणा गरेको छ ।

प्रदेश नम्बर ४ मा रहेर गीतसँगीतको क्षेत्रमा लागेका सर्जकहरुको सम्मानका लागि अवार्डको घोषणा गरिएको हो । यो अवार्ड गीतसँगीतमा लागेर पनि मोफसल भएका कारण ओझेलमा परेका प्रतिभावान सर्जकहरुको सम्मानका लागि भएको क्याफेका संचालक विनोद बानियाँले जानकारी दिए । अवार्ड अर्को वर्ष मात्रै स्रष्टालाई दिईने क्याफेले जनाएको छ । अवार्डमा २५ हजार ५ सय २५ रुपैयाँको साथमा सम्मानपत्र र दोसल्ला रहनेछ ।

मेलोडी क्याफेले वार्षिकोत्सवकै अवसर पारेर बाटुलेचौरमा रहेका अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आश्रित ३२ जना बालबालिकालाई झोलासँगै २५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ । मेलोडी क्याफेले वार्षिकोत्सवसँगै दशैँतिहारको अवसर पारेर गीतसँगीत सुन्दै खानपिन गर्न आउने आफ्ना ग्राहकहरुलाई समेत विशेष छुटको व्यवस्था गरेको छ ।

मेलोडी क्याफे गायक विनोद बाँनीयासँगै शेखर शेरचन, गणेश बसौला र अशोक गुरुङ मिलेर संचालन गरेका हुन् । क्याफेमा हाल ९ जना कलाकारसहित ३२ जना कर्मचारीहरु कार्यरत छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %