‘मिस गण्डकी’मा ३० जना

Read Time:1 Minute, 33 Second

मनोज घर्तीमगर

‘लक्ष्मीपती साडी मिस गण्डकी सिजन दुई’ मा ३० जना युवतीहरु फाईनलमा भिड्ने भएका छन् ।

दुईवटा अडिसन मार्फत उनीहरु छानिएका हुन् । अडिसनमा क्विन्स कलेक्सनका संचालक तथा फेशन डिजाईनर वासिम खान, मोडल तथा भिजे रेखा पुरी, अभिनेता तथा पत्रकार रेम बिक, मिस मगर २०१२ की फस्ट रनरअप अनिता थापा र संञ्चारकर्मी तथा कोरियोग्राफर सुरज थापा निर्णायक थिए । लक्ष्मीपती साडी मिस गण्डकी सिजन दुई’का विजेताले हार्टफोर्डको फिन्सिङ स्कुटर र चाँदीको क्राउन प्राप्त गर्ने आयोजकले जनाएको छ । यो कार्यक्रमका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगिताको ग्राण्ड फिनाले कात्तिकको २१ गते हुनेछ । मिस गण्डकी दोस्रो सिजन रियालिटि शो बेसमा संचालन भैरहेको आयोजकले बताएका छन् । अडिसनसँगै प्रशिक्षण र त्यससँग जोडिएका विभिन्न क्रियाकलापलाई दर्शकले फेवा टेलिभिजनमार्फत हेर्न पाउने रियल ईभेन्ट म्यानेजमेन्टका निर्देशक सुशिल पोखरेलले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %