छैटौं टाम्केकोट कपको उपाधी जनशक्ति कर्पुदीको कव्जामा-फोटो फिचर सहित

Read Time:3 Minute, 6 Second

विनोद रखाली मगर 

पिडीखोला, स्याङ्जा

असोज, ४

राष्ट्रिय खेलकुदमा स्थानीय प्रतिभाको खोज भन्ने उद्धघोषका साथ स्याङ्जाको पिडीखोला, सल्यान गांउमा अवस्थित श्री जनमुक्ति युवा क्लवले विजया दशमीको पावन अवशरमा वर्षेनी आयोजना गर्दै आएको भलिवल प्रतियोगिता अन्तरगत यस वर्षको छैटौं टाम्केकोट कप भलिवल प्रतियोगिताको उपाधि श्री जनशक्ति युवा क्लवले कव्जा गरेको छ ।

अन्तिम खेलमा मगर समाज पातीखर्क पिडीखोला लाई सोझो ३ सेटले पन्छाई उसले पुन ः टाम्केकोट कप उचालेको गरेको हो । उपाधि सङ्गै जनशक्ति कपुर्दीले नगद रु. १६ हजार , टाम्केकोट कप , शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो , उपविजेतामा चित्त वुझाउदै मगर समाज पातीखर्कले नगद रु. ९ हजार , शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सुरक्षित गर्योे । स्मरण रहोस्, गत वर्षको पाचौं टाम्केकोट कप भलिवल प्रतियोगितामा पनि यी दुई टोली अन्तिम चरणमा प्रतिस्प्रधा गरेका थिए । पेलाकोटकै जनहित युवा क्लव तोलातुङ्ले आयोजक जनमुक्ति युवा क्लव रातो समुहलाई हराउदै तेस्रो स्थान आफ्नो पक्षमा पारेको छ उसले नगद रु.६ हजार, शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो , भने सान्त्वना स्थानमा समेतिदै आयोजक रातोले नगद रु.४ हजार , शिल्ड , मेडल तथा प्रमाणपत्र सुरक्षित गरेको छ ।

जनहित युवा क्लव तोलातुङ्ले विगत ३ पटक सम्म टाम्केकोट कप भलिवल प्रतियोगिता आफ्नो कव्जामा पारी ह्याट्रीक गरेको थियो । छैटौ सस्ंकरणमा भने तृतीय स्थानमा चित्त वुझाएको छ । विभिन्न गाविसका गरी ३४ क्लवहरुको सहभागिता रहेको उक्त खेलकुद कार्यक्रम पांच दिन सम्म सन्चालित रहेको थियो । वि.स. २०६७ सालमा ऐतिहासिक टाम्केकोट महोत्सव हुदै विभिन्न खेलकुदका कार्यक्रमहरु, तथा अन्य रचनात्मक कार्यक्रमहरु जनमुक्ति युवा क्लवले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । मूख्यत जिल्लाकै ऐतिहासिक , प्राचिन तथा धार्मिक महत्व वोकेको लोपोन्मुख टाम्केकोट क्षेत्रको प्रवद्धन गर्नका लागी कार्यक्रम वर्षेनी आयोजना गरीएको क्लवको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %