जातिय पहिचान, भाषा,संस्कृतिप्रति सचेत छिन राइजिङ स्टार एलिसा

Read Time:6 Minute, 27 Second

भैरब आङ्ला, धरान
आफनो भाषा र संस्कृति भने पछि भुतुक्कै हुने उदयीमान कलाकार हुन एलिसा राई ।

आज भन्दा १८ वर्ष अघि खोटाङमा जन्मिएकी एलिसाले किरात राई जातिको संस्कृतिमा आधारित नेपाली चलचित्र विनायोवाट अभिनय क्षेत्रमा अघि वढेकी हुन् । विनायो पछि अहिले सम्म एक दर्जन वढी म्युजिक भिडियोमा अभिनय गरीसकेकी एलिसाले आधा दर्जन जति सर्ट नेपाली मुभिमा आफनो अभिनय पस्किसकेकी छिन् । ५ फुट ३ ईन्च आफनो उचाई बताउने एलिसालाई किरात राईको छोरी भएर पनि होला आफनो भाषा संस्कृति प्रति अत्यन्तै मोह जाग्ने वताउछिन् ।

खोटाङमा जन्मिएर काठमाण्डौमा स परिवार बसोवास गर्दे आएका एलिसाले १२ कक्षा उर्तिण गरेर थप अध्यायनको तयारी गरिरहेकी छिन् । एक्ली छोरी भएर पनि अध्यायन संगै कलाकारिता क्षेत्रमा निक्कै जम्दै गरेकी एलिसाको भावि योजना भने यही क्षेत्रमा रहेर करियर वनाउने होईन भने एक असल नर्स वन्ने वताउछिन् । पछिल्लो पटक युटयुवमा सर्ट मुभि डेट ईन युएन पार्क भाईरल झै फैलिए पछि एकाएक एलिसा चर्चामा आएकी हुन् । अहिले सम्म यो सर्ट मुभि करिव चार लाख वढीले युटयुवमा हेरिसकेका छन् । त्यसै गरी एलिसा राईको अन्य सर्ट मुभिहरु युरस्टाईल गु्रपले युटयुवमा राखेको छ । यी सर्ट मुभिहरु धेरै दर्शकले हेरिसकेका छन् । सगरमाथा टेलिभिजनमा रोड हङक भन्ने कार्यक्रम संचालन गर्दे संचार क्षेत्रमा पनि आफनो छुट्टै परिचय वनाउदै आएकी एलिसा राई पहिचान सहितको संघियताले देश टुक्रिन्छ भन्ने कुरो गलत भएको आफनो तर्क पेश गर्छिन् । यो पहिचान सहितको संघियतालाई स्थापित गर्नुपर्छ र मात्रै सवैको हक अधिकार स्थापित हुने धारणा राख्छिन् । युवा मन र मष्तिकमा राजनिति फोहरी खेल हो भनिरहेका वेला उनी भने राजनिति कुनै पनि देश संचालन गर्ने मेरुदण्ड हो भन्छिन् । यदी कुनै पनि देश अघि वढन र स्वास्थय राख्न असल राजनिति आवश्यक छ । राजनितिमा फोहोरी खेल खेल्नुहुदैन । यसो गरिएन र सहि तरिकाले राजनिति भयो भने मुलुकले साच्चै आमुल परिवर्तन अनुभुत गर्ने उनको भनाई छ । लिम्वू संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र नुमाफुङबाट निक्कै प्रभावित भएकी एलिसा राम्रो नृत्य पनि गर्छिन ।

अनगिन्ति स्टेजमा नृत्य प्रस्तुत गरिसकेकी एलिसा नृत्यमा निक्कै राम्रो फेस एक्सप्रेसन गर्ने कलाकारमा गनिछिन् । जितेन राईको नाना छापारी वोलको गीतमा अभिनय गरिसकेकी एलिसाको दर्जनौ विभिन्न नेपाली सर्ट मुभि र म्युजिक भिडियोहरु युटयुवमा हेर्न सकिन्छ । बावा होटल तथा पर्यटन व्यावसायी आमा वित्तिय संस्था संचालक भएकोले पनि आफु यो क्षेत्रमा स्थापित हुन परिवारको निक्कै ठुलो साथ पाएको वताउने एलिसालाई प्रेम प्रस्तावहरु पनि प्रस्वस्तै आउने गर्दछन् । तर यसवारेमा अहिले नै निर्णय भने नगर्ने वताउछिन् । पहिले करियर निर्माण गर्ने अनि भविष्य सोच्ने उनको भनाई छ । सानै देखि काठमाण्डौमा वसोवास गरे पनि साम्पाङ राई भाषा राम्रो संग वोल्न सक्ने उनको क्षमता छ । यसैले गर्दा पनि किरात राई जातिको संस्कृतिमा आधारित चलचित्र विनायोमा तायामा र खियामाको कथा निक्कै राम्रो लागेको वताउछिन् । कम उमेरमा कलाकारिता क्षेत्रमा जम्दै गरेकी एलिसा अंग्रेजी पनि राम्रो संग वोल्न र पढन सक्ने भएकोले पनि युवा पुस्ताको एक निखारिएकी कलाकार वन्ने पक्का देखिन्छ । कलाकारिता क्षेत्रमा भएर पनि आफनो मन मिडिया र जातिय संस्कृतिले खिचेको बताउने एलिसालाई अन्य ठुला पर्दाका फिल्महरुमा पनि काम गर्ने अनुरोध आएको तर समयलाई व्यावस्थापन गर्न नसक्दा त्यस तर्फ अघि वढन नसकेको वताउछिन् । उनी भन्छिन् यो क्षेत्रमा धेरै सम्भावनाहरु पनि छन् र चुनौती पनि तर यस क्षेत्रमा आउन स्कृनमा हेर्दा निक्कै रमाईलो र राम्रो अवश्य देखिन्छ तर काम गर्न निक्कै गाह्रो छ । यसवारेमा हिम्मत, आट लिएर आए राम्रो हुने वताउछिन् । नविन गुरुङसंग केही महिना अगडी फोटोसुट समेत गरेकी एलिसा यो क्षेत्रमा आदिवासी अनुहारले टिक्न निक्कै मेहेनेत गर्नुपर्ने र यसै विषयमा अध्यायन गरेर आए अवस्य लक्षमा पुग्न सकिने छ । नेपाली रंगमन्चमा आदिवासी जनजाति अनुहारका कलाकारहरु कम मात्रै देखिए पनि एलिसा राईको आगमनले यो क्षेत्रमा फेरी एक जना उदयीमान कलाकार थपिएको आदिवासी अभियान्ताहरु बताउछन् । उनको यो यात्राले उचाई चुमोस ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %