पोखरामा कविता कन्सर्ट

Read Time:3 Minute, 0 Second

मनोज घर्तीमगर

कविता र संगीतको समिश्रणमा पोखरामा ‘कविता कन्सर्ट’ आयोजना गरिएको छ ।

धेरै साहित्यिक र फरक कार्यक्रम हुने शहर पोखरामा यसपटक पनि त्यस्तै फरक कार्यक्रम भयो । नेपाल रिपोर्टस् डटकमको प्रस्तुतिमा भएको कार्यक्रमको मुख्य आकर्षण थिए, तिन कवि र लक्ष्य ब्याण्डको संगीत । पोखराका ईश्वरमणी अधिकारी, सरस्वती प्रतिक्षा र चर्चित कविता ‘बिसे नगर्चीको बयान’ का कवि श्रवण मुकारुङले पोखरेली दर्शकलाई कविताको भरपुर स्वाद चखाए ।

ईश्वरमणी अधिकारीले धरहरा चढ्ने सपना र भूकम्पपछिको धरहराको अवस्थाका विषयमा लेखिएको ‘धराहराको रहर’ प्रेमील कविता कार्यक्रमको सुरुमै संगीतमा वाचन गरे । सरस्वती प्रतिक्षाले ‘किरिया बसेकी स्वास्नीमान्छे’ वाचन गरेपछि दर्शक दिर्घाको तालीले हल गुञ्जियो । ‘पहेँलो’, ‘तथागत मलाई उत्खनन गर’ र ‘किनारा’ लगायतका कविता वाचन गरेकी प्रतिक्षाले दर्शकदिर्घाको साथ पाइरहिन् ।

सर्ट, पाइन्ट र  ढाँकाटोपी ढल्काएर अन्तिम कविका रुपमा मञ्चमा उभिएका कवि श्रवणमुकारुङले मधुरो स्वरमा कार्यक्रमलाई सम्बोधन गर्दै कविता वाचनको सुरुमै आमालाई सम्झिए । पहिलो कवितालाई नै दर्शकले रुचाए र तालीसँगै वाहवाही गरे । ‘भानुभक्त’ ‘भूपू गोर्खाको नाममा’ र पोखरा बाहिरका बहुचर्चित कविता ‘बिसे नगर्चीको बयान’ कविता वाचन गर्दासम्म दर्शकको हौसला र माया पाइरहे । तीनै जनाले दुई कविता संगीतमा र दुई कविता विना संगीतमा वाचन गरे ।

पहिलोपटक यस प्रकारको कार्यक्रम गरिएको भएपनि कार्यक्रम सफल भएको इभेन्ट संयोजक मल्ले बताए । ‘यो नयाँ कार्यक्रम नभएपनि फरक किसिमको इभेन्ट गर्ने एउटा प्रयास हो’ कार्यक्रम संयोजक पौडेलले भने, ‘सधैं केही न केही फरक साहित्यिक कार्यक्रम भैरहने पोखरामा यो कार्यक्रमले साहित्यप्रेमीलाई पक्कै पनि फरकपनको अनुभूती गराउन सफल भएको छ ।’ इभेन्ट संयोजक सञ्जय मल्लले कार्यक्रमको सहजीकरण सुरु गरे अनि कार्यक्रम संयोजक उपेन्द्र पौडेलले कार्यक्रमको बारेमा जानकारी गराए पश्चात दर्शक कविता सुन्न आतुर देखेन्थे ।

तस्वीर : विवेक आचार्य/जक्सन डटकम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %