मनोज घर्तिमगर
पोखरामै रहेर लामो समयदेखि नेपाली संगीतमा क्रियाशील गायक विनोद बानियाले ‘प्रोफाइल’ नामको एल्बम निकालेका छन् ।
९ बर्षपछि गायक बानियाले नेपाली सुगम संगीत तथा गजलहरु समेटिएको एल्बम ‘प्रोफाइल’ बजारमा ल्याएका हुन् । ‘प्रोफाइल’ मा नयाँ तथा पुराना ६ वटा गीत तथा गजल छन् । सन्तोष शर्मा, तीर्थ तामाङ, सोभियत खड्का, ईश्वरमणी अधिकारी लगायतका शब्दलाई गायक बानिया आफै र हरि लम्सालले संगीत भरेका छन् ।
‘लामो समयपछि एल्बम बजारमा ल्याएको हुँ’ गायक बानियाले भने ‘देशको परिस्थिति र संगीतमा हराएको व्यावसायिकताले एल्बम निकालिन तर यो क्षेत्रमा भने क्रियाशिल रहिरेहेँ ।’ ‘मान्छे’, ‘डाउट’ लगाएत एल्बम स्रोता/दर्शकलाई जिम्मा लगाइसकेका उनले खेलकुदका तथा राष्ट्रिय गीत पनि गाएका छन् ।