मनोज घर्तीमगर
भैंचालोपछि थिलथिलो भएको पोखरेली पर्यटन उकास्न यहाँका व्यवसायलीले अनेकन उपाय चलाइरहेका छन् ।
कहिले सांगीतक कार्यक्रम गर्छन् । कहिले पोखरा आउन निम्तो दिँदै देशविदेशका विभिन्न ठाउँ पुग्छन् । यो साता पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने चिनिया नायक मिङयाङलाई पोखरा ल्याए । विहिबार पोखरा आएका नायक जियाङ अल्ट्रालाइट र प्याराग्लाईडिङ गरेर काठमाडौ फर्किएका थिए ।
नायक जियाङसँगै चिनिया संचारमाध्यमका पत्रकार, फोटोग्राफर, मेकअप आर्टिस्ट सहित जियाङको समुहमा ९ जना टोली थिए । पर्यटन प्रवद्र्धनमा सघाउन पुगोस भन्ने हेतुले नायक जियाङलाई पोखरा ल्याएको पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी) संयोजक गणेशबहादुर भट्टराइले बताए । भट्टराईले जियाङलाई मायाको चिनो दिदै नेपाल र पोखराको बारेमा चिनमा सकारात्मक सन्देश फैलाउन अनुरोध गरे । चिनियाँ नायक जियाङले गड्स ओउन लभ दी टिकेट इज २०१२ लगायतमा अभिनय गरेका छन् ।
उनले सन् २००६ मा माइक्रो फिल्म फेस्टिवलमा उत्कृष्ट नायकको उपाधि हात पारेका थिए । त्यसबाहेक उनले थुप्रै उपाधि हात पारिसकेका छन् ।
तस्वीर : सागरराज तिमिल्सिना