‘सुरताल’को अडिसन

Read Time:2 Minute, 46 Second

मनोज घर्तीमगर

गायन तथा नृत्य रियालिटि शो ‘सुरताल’को दोस्रो सिजन अन्तरगत पहिलो चरणको अडिसनलाई आयोजक सुरताल कलाकेन्द्र लेखनाथले तिव्र पारेको छ ।

   

पहिलो चरण अन्तरगत पोखरामा शनिबार गायन र नृत्य दुवै विधामा अडिसन भएको छ । शनिबार पोखरामा भएको अडिसनमार्फत ३२ जना प्रतिस्पर्धीहरु ‘मेगा अडिसन’का लागि छनौट भएका छन् ।

शनिबार गायन र नृत्यतर्फ गरि ८६ जना प्रतिस्पर्धीहरु अडिसनमा सहभागी भएका थिए । निर्णायकहरुको निर्णयको आधारमा गायन तर्फ १६ र नृत्यतर्फ १६ जना प्रतिस्पर्धीहरु अघिल्लो चरणका लागि छानिएको प्रतियोगिताका सँयोजक प्रशान्त सुनारले जानकारी दिए । गायन तथा नृत्य रियालिटि शो सुरतालको दोस्रो सिजनको लागि आयोजक कम्पनी यतिबेला पोखरासँगै विभिन्न जिल्लाहरुमा अडिसन लिईरहेको छ । स्याङ्जाको दुई स्थानमा अडिसन भएकोमा १२ जना प्रतिस्पर्धी मात्रै अघिल्लो चरणका लागि छानिएका थिए । त्यहाँ ६० जनाले अडिसनमा सहभागिता जनाएको आयोजकले बताएको छ ।

यस्तै प्रतियोगिताको लागि असोज १५ गते बागलुङ, १६ गते बेनी, २३ गते गोरखा, २६ गते लमजुङ, ३० गते तनहुँ र कात्तिक ३ गते पाल्पामा अडिसन हुने सँयोजक सुनारले जानकारी दिए । कात्तिक १४ गतेदेखि विभिन्न चरणमा अडिसन हुँदै जाने र फाईनलको लागि प्रतियोगीहरु छानिने आयोजकले बताएको छ । प्रतियोगिताको गायन विधातर्फ रामभक्त जोजिजु, योगेक काजी बिसी र प्रकाश नेपाली निर्णायक रहेका छन् । त्यस्तै नृत्यतर्फ गोरे गुरुङ, प्रिति गुरुङ र दीपसागर निर्णायक रहेका छन् ।

प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ विजेता बन्नेलाई हार्टफोर्डको स्कुटर प्रदान गर्ने आयोजकले बताएको छ । त्यस्तै दुवै विधामा दोस्रो हुने प्रतियोगीलाई २० हजार रुपैयाँ नगद प्रदान गर्ने उसले जनाएको छ । पुसको १८ गते प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %