साँगीतिक क्षेत्रमा उदाउदै गगन पुन

Read Time:2 Minute, 1 Second

मीना थापा मगर

  २०१० मा पोखराको बिग एफएमले आयोजना गरेको पहिलो बिग आईकनमा सबैभन्दा अन्तिममा फर्म भरेका म्याग्दी दग्नाम गाविसका गगन पुननै प्रथम बिग आईकन भए ।

त्यसयता उनको सांगितिक यात्राले श्रीगणेश गर्यो । २०६९ सालमा ‘थाहै भएन मलाई पतै भएन…’ भन्ने गीतले नै उनलाई यस क्षेत्रमा चिनाउन सफल भयो । उनको ‘रिदम’ नामक एल्बम बजारमा आएको छ । उनको प्रेरणाको श्रोत अरुण थापा मगर हुन् । उनको गीतहरु स्टेजमा पर्फम गर्दागर्दै बिग आईकनले उनलाई साँगीतिक यात्रामा केहीहदसम्म स्थापित गर्न सफल भयो ।

अरुण थापा र अन्जु पन्त मन पर्ने म्याग्दीका गगन अहिले काठमाडौंमा बसेर यस क्षेत्रमा अझ केही गर्न प्रयासरत छन् । हरेक क्षेत्रमा नातावाद, कृपावाद रहे जस्तो संगीत क्षेत्र पनि अछुतो छैन । र, पनि निरन्तर फरक फरक खालका गीतहरु गाएर आफुलाई भर्सटाईल गायकको रुपमा पहिचान बनाउन चाहन्छन् ।

हङकङ, बहराईन र भारतमा स्टेज प्रस्तुति दिएका गगन मेजन पुन मगर निर्देशत रैंयाँ चलचित्रमा सहनायकको रुपमा गायककै भुमिकामा प्रस्तुत भएका छन् । र, हाल यो चलचित्र कास्की, स्याङ्जा, पाल्पा, सुर्खेतमा प्रदर्शन भई आफ्नो भुमिकालाई मन पराईदिएकोमा गगन दंग पनि छन् ।

कास्की, म्याग्दीको विभिन्न ठाउँको महोत्सवहरुमा आफ्नो गायन प्रस्तुत गरिसकेका गगन अहिले कोरियामा आयोजित भएको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन गएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %