हाकाहाकी गाईजात्रा

Read Time:1 Minute, 56 Second

मनोज घर्तीमगर

पोखरामा तीन दिने विशेष जाईजात्रे कार्यक्रम देखाइएको छ ।

हाँस्य सिरियल ‘हाक्का हाक्की’का कलाकारहरुले तीन दिनसम्म पोखरेलीलाई हँसाए । गाईजात्राको अवसर पारेर राष्ट्रियस्तरका कलाकारहरुले गर्न लागेको गाईजात्रे कार्यक्रम पोखरामा पहिलोपटक हो । ईरोज ईन्टरटेनमेन्टको आयोजनामा पोखराको सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा शुक्रबारदेखी आइतबारसम्म चल्यो । कार्यक्रमका सँयोजक राम थापाले हाँस्य प्रहसनसँगै प्यारोडी गीत, नृत्य, हाँस्य कविता, लोकदोहोरी, जादु एकैठाऊँमा हेर्न पाएकाले दर्शकले भरपुर मनोरञ्जन लिएको  दाबी गरे ।

दर्शकलाई हसाउँन दमन रुपाखेती, खेम शर्मा, कविता शर्मा, कमला अर्याल, राम थापा, उमेशकुमार केसी, मणिराज काफ्ले, प्रदिप सिलवाल, अजय रेग्मी, सुदिपबाबु खतिवडा, कुशलभ केसी, हर्के हवल्दारको नामले चर्चित कलाकार विष्णु सापकोटा लगाएतका कलाकारहरु आआफ्नो प्रस्तुतिले दर्शकलाई भरपुर हँसाउन सफल भए ।

महोत्सवमा कलाकार कविता शर्माले रिमिक्स गीतमा नृत्य गरिन् भने पोखराका स्थानीय कलाकारको नृत्यसमेत समावेश थियो । कलाकार मणि काफ्लेको प्यारोडी गीत, राजन चौलागाईंको व्यंग्य कविता, जादुगर महादेव त्रिपाठीको जादुसमेत प्रस्तुत गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %