मनोज घर्ती मगर
नेपाली फिल्म ‘वडा नम्बर ६’ ले पोखराबाट प्रचार शुरु गरेको छ ।
आईतबार पोखरामा पत्रकार सम्मेलन गर्दै वडा नम्बर ६ को प्रचार शुरुवात पोखराबाटै गरेको फिल्मका निर्माताद्वय दिपकराज गिरी र दीपाश्री निरौलाले बताए । नेपाल बन्द भएपनि दिपक र दीपाको आग्रहमा धेरै पत्रकारहरु उनको कार्यक्रममा सहभागी भएका थिए । पत्रकार सम्मेलनमा बोल्दै फिल्मका मुख्य अभिनेता समेत रहेका दिपकराज गिरीले फिल्म ‘वडा नम्बर ६’ सम्पूर्ण हिसाबले नेपालीपन बोकेको फिल्म भएको दाबी गरे ।
फिल्म ‘वडा नम्बर ६’ असोज १ गतेदेखि अलनेपाल रिलिज हुँदैछ । फिल्ममा चल्तिका कलाकारहरु दयाहाङ राई र प्रियंका कार्की पनि समेटिएका छन् भने अघिल्लो फिल्म ६ एकान ६ का निर्देशक र नायिका यो फिल्ममा अटेका छैनन् ।
पोखरापछि नारायणघाट, हेटौँडा हुँदै टोली देशव्यापी प्रचारमा पुग्नेछ । उज्जवल घिमिरेले निर्देशन गरेको फिल्म ‘वडा नम्बर ६’ मा दयाहाङ र प्रियंका कार्कीबाहेक सबै मुख्य कलाकारहरु निर्माता पनि हुन् । सहकारी शैलीमा बनेको फिल्ममा जितु नेपाल, कुञ्जना घिमिरे, केदार घिमिरे (माग्ने बुढा), ताराचन्द्र बजगाँई, सुमन गिरीको लगानी छ ।
फिल्मको कार्यकारी निर्माता निर्मल शर्मा हुन् । सिुगम पोखरेल र राजनराज शिवाकोटीले संगीत भरेका छन् भने शंकर बिसी र गम्भिर विष्ट कोरियोग्राफर हुन् । दिपक बज्राचार्यले खिचेको फिल्ममा रोशन श्रेष्ठ द्वन्द निर्देशक हुन् ।