मनोज घर्तीमगर
‘नरे’ फिल्मको पोखरामा च्यारिटी हुने भएको छ । पोखरामा स्पेशल स्क्रनिङ सम्पन्न गरिसकेको नरे युनिटले पोखरामा पहिलो च्यारिटी गर्न लागेको हो ।
हङकङ्गबाट च्यारिटी थालेको फिल्म भदौ २२ गते शिक्षा दिवसको अवसर पारि पुर्णिमा चलचित्र हल न्युरोडमा च्यारिटी शो गर्न लागिएको गायक तथा नायक नरजंग गुरुङले बताए । गुरुङ समुदायको विकृतिको रुपमा रहेको आईडी किनेर हङकङ जाने समस्यालाई फिल्मले उजागर गरेको छ । फिल्म दुई शो प्रर्दशन हुनेछ ।
फिल्म निर्देशक माओत्से गुरुङले अभिनेता नरजंगको वास्ताविक जिवनसँग मेल खाने केहि किस्साहरुले गर्दा फिल्म राम्रो बनेको बताए । फिल्मको कथा समेत आफैँ लेखेका माओत्सेका अनुसार सोझोँ र सामान्य परिवारको युवा पैसा कमाउने लोभमा कसरी भुमरीमा फँस्छ भन्ने कुरालाई फिल्मले पर्दामा उतारेको छ । फिल्ममा नरजंगसँगै एलिशा गुरुङ र सबिना गुरुङले मुख्य भूमिकामा देखिन्छन् । कमेडी र सेन्टिमेन्ट्स मिलाएर बनेको फिल्मको अगस्टको २ तारिखमा हङकङमा भव्य प्रदर्शन भइसकेको छ ।
फिल्मलाई नेपालका अन्य स्थानमा पनि प्रदर्शन गरिने फिल्म युनिटले निर्माता हर्क गुरुङले बताए । कास्कीको पर्यटकिय गाँउ धम्पुसका सुटिङ्ग गरिएको फिल्ममा सुनिल गुरुङ, राजेन्द्र बहादुर थापा, पदम गुरुङ, उर्मिला गुरुङ लगायतको अभिनय छ ।