खेलमा जस्तै देश सन्चालनमा पनि जातिय बिबिधतालाई आत्मसाथ गरे देशले चाडै गती लिने दर्शक प्रतिकृया
काठमाडौँ, १२ भदौ ।
नेपालले पहिलोपटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गतको उपाधि जितेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई नेपालले ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो उपाधिमा कब्जा जमाएको हो ।
नेपालका अनन्त तामाङले निर्णायक पेनाल्टी गोलमा परिणत गरेका थिए भने नेपाली गोलरक्षक सोजित गुरुङले भारतका तर्फबाट मोहमुद्दीनले गरेको पहिलो प्रहार रोकेका थिए ।
त्यस्तै, नेपालका तर्फबाट सबै खेलाडीले गोल गर्ने क्रममा हेमन्त थापा मगर, सुनील बल, विश्वास श्रेष्ठ र डोना थापाले प्रहार चुकाएनन् ।
यसअघि आक्रामक खेल खेलेको नेपालका लागि तेज तामाङले ३१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जन विष्टको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो ।
खेल सकिन करिब ७ मिनेट बाँकी रहँदा नेपालका गोल रक्षकको गल्तीको फाइदा उठाउँदै भारतले पेनाल्टी पायो । त्यसलाई सहवाजले गोल गर्दै भारतलाई खेलमा फर्काए ।
चिरपरिचित प्रतिद्वन्द्वी भारतको आजको प्रतिस्पर्धा हेर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुद मन्त्री पुरुषात्तम पौडेल, एन्फाका अध्यक्ष गणेश थापालगायतको उपस्थिति रहेको थियो ।
ईसमता ड्ट कम
फोटो :गोल नेपाल