विनोद रखाली मगर
स्याङ्जा, भदौ १० – आदिवासी जनजाती समुदायमा मातृभाषामा चलचित्र निमार्णले विस्तारै फड्को मारिरहेको अवस्थामा मगर महिलाको सुन्दरता, पवित्रता र सतित्व अनि आत्मरक्षाको कवज मानिएको गहना“रैंयाँ”लाई आधारित बनाएर मगर चलचित्र“रैंयाँ”भाद्र १२ गते शनिवार स्याङ्जाको तेस्रो व्यापारीक केन्द्र गल्याङ्मा प्रदशन हुने भएको छ ।
नेपाल मगर संघ इकाई समिति गल्याङ्को व्यवस्थापनमा हुने उक्त चलचित्र गल्याङ् वहुमुखी क्याम्पसको सभाहलमा विहान ९, ११ : ३० र दिउंसो २ : ३० गरी तिनशो प्रस्तुत गरीने मगर महिला संघ क्षेत्र न. ३ स्याङ्जाकी अध्यक्ष कृष्णमाया राना मगरले जनाए ।
व्यवस्थापनको तयारी अनुशार गल्याङ् लगाएत आसपासका क्षेत्रदेखि चलचित्र हेर्ने दर्शकको सङ्ख्या वढ्ने नेपाल मगर संघ गल्याङ्का अध्यक्ष जैसींह राना मगरको दावी छ । “रैंयाँ” चलचित्रकी गायीका तारा श्रीष मगरले गल्याङ्मा केहीमहिना अगाडी मगर युवा संघले आयोजना गरेको एक कार्यक्रममा छमछमी नचाएकीथिइन् ।
मगर जातिमा छोरीको गुन्यूचोलीसँगै दिईने रैया(बाला)लाई चलचित्रको पर्दामाउतार्ने प्रयास गरिएको छ । यौवनावस्थामा प्रवेश गर्न लागेकी छोरी चेलीलाई दिइने रैयाँकाइके, ढुट र खाम तीनवटै मगर समुदायमाप्रचलित छ । छोरा भए ५ देखि ११ वर्षसम्मको उमेरमा छेवर गरिदिने र छोरी भए७ देखि ११ वर्षसम्म रैयाँदिने प्रचलन छ । पछिल्लो समय समाज आधुनिकतातर्फ उन्मुख हुँदै गर्दा यो परम्परा लोप हुने खतरा पनि बढ्दै गएकोले यसको संरक्षणका लागि चलचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।
मगर महिलाले प्राचीनकाल देखि प्रयोग, उपयोग र पहिचान गरेका करिव तीनदर्जन गहनामध्ये रैंयाँ बनावट आकार र प्रकारले बेग्लै र बडो रहस्यमयी मानिन्छ । मगर महिलाका सबै जसो उमेर समुहले यसलाई अपनाएको पाइन्छ भने समयान्तर सँगै यसको प्रयोगमाकमी आपपछि यसको महत्व देखाउनका लागि चलचित्रब नाइएको चलचित्रका निर्देशक मेजन पुन मगरको भनाई छ ।
करीव २० लाखको लगानी रहेको चलचित्रको छायाङ्कन कास्कीको पोखरा, टाईगर टप, धम्पुस, तनहुँको भिमाद, मिछुर्लुङ लगायतका ठाउँहरुमा गरिएको निर्माता तथा कथाकार हर्क आले मगरले जनाए ।चलचित्रमा मुख्य नायिकाको भूमिका सञ्चारकर्मी प्रिया थापा मगर र अशोक थापा मगरको रहेका छन भने तारामाया थापा मगर, मिनपुर्जा पुन मगर, दुर्गा ठाडा मगर, पूर्ण थापा मगर (सुगा), अनिताथापा मगर, गगनपुन मगर लगायतको अभिनय रहेको छ ।
सञ्चारकर्मी हर्क आले मगरको कथा रहेको चलचित्रमा ४ वटा गीत समावेश गरिएका छन् । चलचित्रमा मेकअप सनमकुमार/सरद, अनुशिलनकला केन्द्रको पहिरन, फोटोग्राफर भीम राना मगर, कास्टिङ्ग डाईरेक्टर राजथापा मगर, द्धन्द्ध निर्देशन गणेश थापा, नृत्य गोरे गुरुङ, सहायक नृत्य मिरा थापा मगर, सम्पादक लालबहादुर पुन मगर, यामपुन मगरको सिनेम्याटोग्राफर, निर्देशक मेखबहादुर (मेजन) पुनमगर ,सहायक निर्देशन भिम रानामगर रहेका छन । नेपालका बिभिन्न जिल्लाका गाउबस्ति लगायत अमेरीकाको ओहियो (Ohio) शहरमा समेत रैयाँको च्यारीटी सो भएको छ । आदिबासी जनजाति बिषय बस्तुमा निर्माण भएको सो चलत्रिलाई नेपाल चलचित्र विकास बोर्डले पुरस्क्रित गरिसकेको छ ।