कमल चौधरी
बुटवल ,भाद्र ९ – विगत १४ बर्ष देखि निरन्तर रुपमा आदिवासी जनजाति समुदायको हकहितका लागि कलम चलाईरहेका पत्रकार यम रानामगर स्व. पत्रकार देव बहादुर पाटामगर स्मृति पत्रकारिता पुरुस्कार २०७२ द्वरा सम्मानित भएका छन् ।
फोनिज रुपन्देहीले विगत ५ बर्षदेखि निरन्तर रुपमा स्व. पत्रकार देव बहादुर पत्रकारीता स्मृति पत्रकारीता पुरुस्कार प्रदान गर्दै आईरहेको छ । स्व. पत्रकार पाटाको सम्झान स्वरुप विगतका बर्षहरुमाझै यस बर्ष पनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले एक कार्यक्रमगरी उत्कृष्त स्व. पाटा पत्रकारिता पुरुस्कार प्रदान गरेको हो । यस बर्ष फोनिज रुपन्देहीले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमका वीच यम रानालाई नगद रु. ५ हजार प्रमाणपत्र सहित पुरुस्कार प्रदान गरेको छ ।
स्याङ्ग जिल्ला जगत्रदेवी गाविस वडा नं. ७ मा बाबा रविलाल रानामगर र आमा बसन्ती रानामगरका जेठो छोराको रुपमा वि.स २०३२ सालमा जन्मिएका राना विभिन्न संचार मध्यामहरुमा आवद्धरही लामो समय देखि आदिवासी जनजाति समुदायहरुको हकहितका लागि कलम चलाउदै आईरहेका थिए । यसरी विगत लामो समयदेखि जनजातिको पक्षमा निरन्तर कलम चलाउने पत्रकारलाई सम्मान गर्ने गर्दछ ।
त्यस्तै फोनिज रुपन्देहीले गत बर्ष २०७१ सालमा स्व. पाटा पुरस्कार गोविन्द घार्तीलाई प्रदान गरेको थियो, भने वि.स २०७० सालमा पत्रकार हिक्मत चौधरी, वि.स.२०५९ सालमा टेक मस्की लाई सम्मान गरिसकेको छ । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता, उपाध्यक्ष राज चौधरीको स्वागत र सचिव अशिष सुर्यवंशीको संचालनमा भएको उक्त पुरस्कार वितारण तथा सम्मान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका जिल्ला समन्वय परिषद्का अध्यक्ष सन्तराम चौधरीले पत्रकारहरुले आफ्नो धर्मलाई झुल्न नहुने भन्दै सवै जतजाति समुदायको हक हितको लागि पत्रकारले कलम चालउनुपर्नेमा जोड दिए ।
उनले आदिवासी जनजाति समुदाय संग विगतमा भएका सहमति र सम्झौताहरु संविधानमा कार्यवन हुनुपर्ने भन्दै आदिवासी जनजाति उत्पीडित, महिला, मदेशी, थारु, मुस्लिम समुदायको हक अधिकारका मुद्दाहरु राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिए । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष शेर बहादुर के.सीले मिडिया कर्मी निकै जिम्मेवारी भएर बहन गर्नुपर्ने भन्दै सामाजिक सद्भाव खलबलाउने खालका समाचारहरु संमप्रेशस गर्न नहुनेमा जोड दिए ।
उनले देश निकै संक्रमणकलिन अवस्थामा रहेको भन्दै पत्रकारले आफ्नो मर्यदाभित्र रहेर काम गर्नुपर्ने बताए । कार्यक्रममा रासस लुम्बिनी अञ्चल ईन्चार्ज भरत के.सी, नेपाल मगर संघ रुपन्देही उपाध्यक्ष गीता सारु मगर, स्व. पत्रकार देव बहादुर पाटामगरकी श्रीमाति नारायणी पाता, तामाङ घेदुङ जिल्ला समितिका अध्यक्ष विर बहादुर लामा, थकाली सेवा समाज रुपन्देहीका अध्यक्ष शिव प्रसाद शेरचन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रुपन्देहीका सल्लाहकार लोकनेश देंगामगर, फोनिज सल्लाहकार तथा पत्रकार छनोट समतिका संयोजक सुर्य श्रेष्ठ (आजाढ), मगर चलचित्र कार्मी संघका केन्द्रीय कोषध्यक्ष शंकर गाहा, प्रेस चौतारीका जिल्ला अध्यक्ष अमृत गिरी, नेपाल महिला संघ जिल्ला सदस्य लक्ष्मी थापामगर, नेपाल मगर संघ बुटवल नगर समिति सचिव मनोज रानामगर, आदिवासी जनजाति युवा महासंघ जिल्ला अध्यक्ष संजीव थापा मगर लगायतले बोल्दै उत्पीडित जातजाति समुदायहरुको हकहितको लागि शसक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिएका थिए ।
साथै स्व. पत्रकार देव बहादुर पाटामगर पत्रकारिता पुरुस्कृत पत्रकार याम रानालाई बधाई दिएका थिए ।