पूरा हुँदै नाटक घरको सपना

Read Time:1 Minute, 37 Second

मनोज घर्तीमगर 

  पोखराले एउटा ऐतिहासिक उपलब्धि गर्दैछ–त्यो हो नाटकघर । पछिल्लो पटक गठन भएको यूथ क्रियशन थिएटरको अगुवाईमा यहाँ नाटकघर निर्माण सुरु भएको छ । नाटक घरको शिलन्यास भएसँगै जग हालेर त्यसपछिको काम धमाधम भइरहेको छ । घर निर्माणमा थिएटरका सदस्यहरु आफै गैतीबेल्चा उठाउन कस्सिएका छन् ।

पोखरा र नाटकको साईनो धेरै वर्ष पुरानो हो । कुनैबेला पोखरालाई नाटककै शहर भनेर भनिन्थ्यो । ४० को दशकमा यहाँ दर्जनौँ नाट्य मण्डलीहरु थिए ।   त्यो पोखरेली नाटकको लागि स्वर्ण समय थियो । साठीको दशक शुरुवातसँगै पोखरामा नाट्यकर्महरु विस्तारै कम हुँदै गए । पोखरा र नाटकको लामो साईनो हुँदा नाटक घर नभएपछि थिएटर ऐतिहासिक काम गर्न कस्सिएको हो । ‘वाणिज्य र सभागृह हलमा नाटक देखाउनुपर्ने बाध्यता अब हुनेछैन’ थिएटरका अध्यक्ष कपिल शर्मा भन्छन् ।

करिब २० लाख रुपैयाँ निर्माण लागत अनुमान गरेको संस्थाले दाताहरुबाटै सहयोग उठाएर नाटक घर निर्माण थालेको हो । केहीले रकम दिइसकेका छन् भने सहयोग घोषणा गर्नेहरुबाट रकम आउने क्रम जारी रहेको थिएटरका सचिव सौगात पोखरेलले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %