कैलाश पुन
दुवई युएई- नेपाली जनप्रगतिशील मोर्चा, यूएई विप्लब समर्थक मोर्चाले २५ अप्रिल शनिबार गएको विनासकारी महा भुकुमपा परि ज्यान गुमाएका मृतकहरुको सम्झनामा शोक समाहरोह सम्पन्न गरेको छ । यूएईको राजधानी अबुधाबी स्थित मोहम्मद रेस्टुरेन्टको सभा हलमा मोर्चाको अध्यक्ष रामशरण कडरियाको सभापतित्व र समर खत्रीको बिशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम संचालन मोर्चाका महासचिब पृथीछक बुढा मगरले गरेका थिए ।
महा बिनाशाकारी भुकुम्पमा परि हाल सम्म पटक पटक गरि मृत्यू हुने मृतकहरुको सम्झनामा १ मिनेट मौनधारणवाट शुरु गरिएको शोक समारोह नेपालको मानचित्रमा अंकित ७५ वटै जिल्लाहरुको नामाकरण गरि ७५ वटै दिप बालि मृतकहरुको मृत आत्माको चिर शान्तिको कामना गर्दै कार्यक्रमको शुरुवाट गरियो । कार्यक्रममा बिभिन्न बक्त्ताहरुले आ-आफ्नो मनतब्य राखेका थिए । मन्तब्यकै क्रममा मोर्चाका केन्द्रिय उपाध्यक्ष ज्ञानु लम्शालले नेपाल सरकारको असक्षमताको कारण अझैँ जिल्लाका बिकट ठाउँहरुमा राहत सामाग्री नपुगेको आरोप लगाएका थिए । लम्शालले भने, ‘यो देश भन्नाले राजधानी काठमान्डौ मात्रै होइन । राजधानी बाहिर पनि देश छ ।‘
त्यस्तै अर्को वक्ता मोर्चाका केन्द्रिय सचिब दिनेश नेपालले भने, १९९० सालको भुकुम्पमा परि १० हजार मानिसहरुको मृत्यू भएको थियो भने ७२ सालको महाभूकम्पमा परि लगभग ८/९ हजारले ज्यान गुमाउनु परेको छ । यसको अर्थ बितेको एक सताब्दीमा देशले कुनै उपलब्दी हासिल गरेको रहेनछ बन्ने कुरा प्रमाणित गरेकोछ । यो नेताहरुको अदुरदर्सिताको कारणले भएको हो । यी मरेका हैनन् मरियाका हुन् । राज्यले हत्या गरेको हो । भुगर्भविदहरुले वर्षौं देखि नेपाल भुकम्पिए जोखिम छ भनेर चेतावनी दिंदा दिंदै पनि सरकारले कुनै योजना ल्याउन नसक्नु यो बिडम्बना हो । त्यसैले यो सबै राज्यले जिम्मा लिनु पर्छ । यो राज्यको दायित्व पनि हो ।
त्यस्तै अर्को बक्ता मोर्चा को केन्द्रिय सदस्य केदार लम्शालले पनि सरकारको कामकाज प्रति असन्तुस्टी प्रकत गर्दै बिदेशिले दिएको राहत सामाग्री वितरण हुनुको सट्टा बजारमा बेचिएकोछ दुर्गम इलाकाहरुमा उद्दार र ब्यबस्थापनका कुराहरु अझै भइसकेको छैन । कुनै कुनै बस्तिहरुमा त लाशका गन्धले पुरै गाउँ नै दुर्गन्धित भईरहेको विभिन्न मेडियाहरु मार्फत सुन्नमा आएको छ । अझै राहत वितरण गर्नुको सट्टामा उल्टै ६०१ जना सभासदहरु जो जनताका रगत र पसिनाबाट लाखौँ भट्टा खाइरहेका छन् विदेशबाट प्राप्त भएका पालहरु आफु आफु बिचका भाग वन्दा लगाइरहेका छन् । मानसिक दरिद्रता भएका यो देशका नेताहरुबाट अपेक्षा गर्ने कुनै पनि कुरा बचेको छैन । सानै हिस्सा भए पनि हाम्रो युवा दस्ता ठाउँ ठाउँमा गएर जनताका गास, वास, कपासका बन्दोवस्त गर्ने काम गरिरहेको छ भने स्वयं पार्टीका महासचिव घरबार बिहिन भएका भुकम्प पिडितहरुको लागि बास निर्माण गर्न इँटा र बाँस बोकेर आफै त्यहाँ संग्लग्न भएका छन । यो खुसीको खवर हो ।
गत २ हप्ता पहिले मोर्चाले मोर्चाका केन्द्रीय सदस्य केदार लम्सालको नेतृत्वमा भुकम्प पिडित राहत संकलन समिति गठन गरेको थियो । निम्न प्रतिनिधिहरुले आ-आफ्नो क्षेत्रबाट निम्न रकम संकलन गरेका छन । चित्र थापा डेरा दुवई १०००, दिनेश नेपाल देरा १२५०, बर्षा हमाल १०३०, बिराट लामिछाने वर दुवई १०१५, केदार लम्शाल १५२०, शमर खत्री १९५०, दिप मगर १२२०, हिक्मत रोका मगर ८५५, ज्ञानु लम्साल २०५०, रामशरण कडरिया ११३५, कैलाश खाम पुन ९०० रहेको छ । मोर्चाका कोषाध्यक्ष बिराट लामिछानेले उक्त समितिको विवरण प्रस्तुत गरेका थिए । प्रतिनिधिहरुले बिभिन्न स्थानहरुबाट १३३२५ (१३ हजार तिन सय पच्चीस) दिहराम संकलन गरेका छन । राहत वितरण गर्न मोर्चा आफै भुकम्प पिडितहरुको घर आँगनमा गएर वितरण गरिनेछ । मोर्चाका कोषाध्यक्ष बिराट लामिछानेले भने, ‘यो सरकारवाट आश मरिसकेको छ ।‘